Pages

Monday, March 26, 2018

#डियर_केकेम_एण्ड_केकेम्या_वेलकम_टु_निर्वाणा_कटेज



ह्वीसलिङ थ्रसको वेक अप कलले बिउँझिए पछि । तिमी चियाको सेकेण्ड फ्लस चाख्दै आजको अलिक चिसो द ग्लुमी दिनको कार्यक्रम सूचीबारे सोच्दै थिए। आस्याङ आइपुगे। तीनवटा चर्थ्यो एउटा त केले खाएछ। दुइटा भाले पोथी चै आउँदैछ। भन्न थाले। त्यसै पनि अहिले ग्रीन म्यागपाई (ढो़डेँ कोइली) को साथमा भेला भएर लाफिङ थ्रस (कोलकोले) को एक हूल रातो काब्राको बोट मून्तिर हाँस्दै हल्ला गरिरहेको आनन्दको बीच मैले आस्याङको कुरामा ध्यान उस्तो दिइनँरहेछु। साँझमा मात्तै थाहा भयो। 
आज अलिक धेरै समय बारीमै बित्यो। नयाँ भर्जिन माटोमा हिजो साँझ परेको हल्का सिमसिमे पानीले जवानी फर्काइल्याएको छ। माटोलाई अझ शक्तिशाली बनाउन उर्बर बनाउन मल बोक्नुपर्छ। मल बोकेर विभिन्न थरिका रबी फसल भन्छ सायदको बिउ रोप्दा झमक्कै साँझले घरको छेउमा उभिएको कोकोमेन्दो (टोटोला) को बोटमा आएर चियाउन थालिसकेको थियो।
निर्वाणा कटेजले भर्खरै कटुवा सल्काएर धुवाँ धुरीबाट फ्याँक्न लागेको बेला ह्वाइट चिक्ड बुलबुल (जुरेली) र ब्ल्याक हेडेड टिट (चिचिनकोटे) हरू सपर सकेर बास बस्ने तर्खर गर्दै थिए। अचानक मेरो आँखा ग्रेट बार्बेटहरूको कोयर गाउने मञ्च बडहरको रूखबाट उकालो दुइवटा ठूला चराहरू भर्खरै खनिएको बारीको कान्लाहरू उक्लिँदै पालै पालो उक्लिरहेको देखेँ। घरका सबैलाई शान्ति कायम गर्ने आदेश दिएँ। युगल कालिज पिजेन्ट (कालिज) पो मेरो नयाँ खनिएको बारीमा उक्लिएर डिनर गर्दैरहेछ। आस्याङले भनिहाले, हो मैले भनेको नी दुइवटा मात्तै छ भनेर। एउटा साथी हराएछ यिनीहरूको। यसलाई खेद्नु हुँदैन जङ्गली रिसाउँछ। उनले थपिसकेका थिए।
अहिले त चरा खेद्नु हुँदैन खिच्नुपर्छ। डीएसएलआरले कस्तो मज्जा आउँछ। भन्दा उनले सात वर्ष अघिदेखि चम्किएको मेरो बर्ड वाचिङको भूत अझै मन्सिएको रहनेछ भन्दै आमालाई फिक्का रङ माग्न थाले। मैले भने यी दुइको नाम राखिदिने बिचार गरे। कालिजको जोडीको नाम हाम्रै लोक भाषामा हुनुपर्छ सोचे, कुकुरको नाम धरि अंग्रेजीमा राखेर जातीयता र भाषाप्रेमको ठूलो कुरा गर्नेहरुले भन्दा सस्तै भएनी आफ्नै कुरामा सोच्नुपर्छ, सोचदिएँ। त्यसो त रोमियो जुलियट, ज्याक र लुसी राख्नु मन थ्यो। या त केही अरू अंग्रेजी संग्रेजीमा राख्दा पनि हुन्थ्यो । राख्नैपर्छ जस्तो जरूरी पनि थिएन। तर थिए यी दुइ निर्वाणा कटेजका नयाँ पाहुना। त्यसैले मैले नयाँ आगन्तुक कालिज पिजेन्टको युगलको नाम सोचेँ। भालेको जिउ कालो भएको हुनाले काले अर्थात केकेम पोथीको जीउ खैरो भए पनि त्यसलाई काली भन्नु मन लाग्यो र केकेम्या उसले नाम पायो। आमालाई भने ,यो दुइटाको नाम आजदेखि केकेम र केकेम्या है । अब हामी जस्तै अरू चराहरू जस्तै दुइवटा बिरालो, तीनवटा कुकुर र हामी जस्तै यी दुइ केकेम र केकेम्या पनि निर्वाणा कटेज परिवारका अतिथि हुन्। स्वागत छ ।
हामी बस्न थालेपछि गाउँमा चराहरू धेरै आउन थाले कि क्या हो ? आफै सर्किँदै भने, डियर केकेम एण्ड केकेम्या वेलकम टु निर्वाणा कटेज... 


होस आज कविता नपढ्नु होला मल बोकेर निक्कै गलिएको छ।
कविता भोलि... गुड नाइट 

#गाउँमा #चराहरूसित #एक_दिन



ग्रेट बारबेट (न्याउली) झण्डै एक दर्जन भेला भएर मैले बारी खनिरहेको मुन्तिरको बडहरको रूखमा बसेर कोरस गाइदिए। तिमी चियाको फस्ट फ्लस उमालेर फिक्का रङ बनाएर पिउने बेलासम्म उनीहरू गाइरहेका थिए। सिमलको रूखमा भने ग्रे ट्रीपाइ (कोकले) बीच बीचमा बोल्दै थिए। उनीहरूका झुण्ड निक्कै ठूलो थियो। उनीहरू त्यहाँ त्यसै बसेका होइनन् माटोको वासनासितै त्यहाँ रोपिने मकैको नयाँ बिउ छानेर खानु उनीहरूको ध्याउन्न हुन्छ। तर खेदको कुरा अहिले मैले मकै छरिहालेको छुइनँ। बारी तयार पार्ने काम हुँदैछ। ग्रे ट्रीपाइहरू भने भेला हुन थालिहालेको छन्। स्कार्लेट मिनिभेट(रानी चरा) हरू भने बढो सुन्दर लाग्छ मलाई। आज उनीहरू अग्लो कपासको बोटबाट तल तल मेरै छेउ छाउ तिर अम्बकको बुट्यान, सुन्तलाको पुरानो थारो झ्याँङ हुँदो नै चारो खोजिरह्यो। उनीहरू दिउँसो चर्को घाममा आएनन्। म बारी खनिरहँदा घामले भने उज्यालो हेलोजन लाइट लगाएर हेरिरहेको थियो। मैले पत्तो दिइनँ। ग्रेट बारबेटहरू भने गाइरहेका थिए प्रेमका कोरस... 
विस्तारै घामको भोल्टेज कम्ती हुँदै गयो। देखियो पुरे बारीको कान्लामा रेड भेन्टेड बुलबुल (जुरेली), उ हेर्नु नी कुटमिरोको काटेको हाँगामा भर्डिटर फ्लाइक्याचर (हरेनी) ठिङ्ग उभिएर किरालाई टेलिस्कोप लगाएर हेरिरहेको छ। ग्रेट बारबेटहरूको कोरसको बीच बीचमा ताल दिने काम भने ब्लु थ्रोटेट बारबेट (कुतुर्के) ले गरिरह्यो। सप्पै भन्दा बदमाश चै कुनै चरा रहेछ भने त्यो ह्वीसलिङ थ्रस (कलचुढा)। घरको छानोमा कुद्छ। धुरीमा चढ्छ। तर जे होस यसले गीत बेजोड गाउँछ। सप्पैलाई जित्छ बिहानै अरूले भजन गाउने बेलामा उसले मेरो भुइँपलङको मास्तिर खि़ङ्कीमा बसेर नयाँ दिनको नयाँ जीवनको गीत गाइदिन्छ। अल चरास एण्ड चरीजलाई मेरो दिन दाम्मी बनाइदिएकोमा थ्याङ्क्यू...बेलुकी लोसे पोल्ने विचार गरेको। थुप्रिएको झ्यास जलाउँ लागेको। तर सकिनँ। ती चराहरू अहिलेसम्मै बारीकै ससाना रूख र कान्लाहरूमा खेलिरहेको हुनाले यो समय उनीहरूकै नाममा गरिदिएँ। एक दिन यसरी गाउँमा बिताइदिएँ।
भोलि टाइम पाएँ भने मलाई मन पर्ने थोमस हार्डीको कविता 
इन टाइम अफ् ब्रेकिङ अफ नेशसन्स सुनाउँछु यिनीहरूलाई। तपाईंहरू चै आजै पढिहाल्नुहोस ल
Only a man harrowing clods
In a slow silent walk
With an old horse that stumbles and nods
Half asleep as they stalk.

Only thin smoke without flame
From the heaps of couch-grass;
Yet this will go onward the same
Though Dynasties pass.

Yonder a maid and her wight
Come whispering by:
War’s annals will cloud into night
Ere their story die.

किन भने नी , भोलि बिहानै पुन ह्वीसलिङ थ्रससितै उठ्नु छ। भोलि त मकै, काँक्रा, फर्सी, झिगेनी, तिते करेला, लौका, अँ साँच्ची धनियाँ, पालक, तोरी र के के के रोप्नु छ। हैट किसान भइहालेको छुइनँ अझै... गुड नाइट ।)


Monday, June 15, 2015

Sikkim: Requiem for a Himalayan Kingdom by Andrew Duff.

This is the true story of Sikkim, a tiny Buddhist kingdom in the Himalayas that survived the end of the British Empire only to be annexed by India in 1975. It tells the remarkable tale of Thondup Namgyal, the last King of Sikkim, and his American wife, Hope Cooke, thrust unwittingly into the spotlight as they sought support for Sikkim’s independence

x

Thursday, February 12, 2015

Thursday, May 2, 2013

Third Village

Still have to wait for relief determined destiny exceedingly soaked by politics in poverty ridden Somalia echoes the refrain of insufficiency Rather, earthquake should occur? comforting one belly, relief would have been chock-a-block, speaks the reverie of Birman* becoming road inside the file. Graduate daughter comes back home planning to open a beauty parlor shop. frustrated sperms of Birman unable to borne word having found out the famine of word congregation gets called by Neta*. Salesgirl walks off by affording solace Ugh! Duplicate solace Solace seems a clasp of lightening to the village But Earth and Village are alike Earth endures farmer’s plough to brew life While, village endures solace to brew dream Still have to wait for BPL* rice Relief destined fate Rather, landslide should occur? to live in relief camp would have been splendid Everything Sarkari* Vaat* and Tarkari*. There is scarcity of water in Village his updated status in Facebook, Did it reach the government or not? President did read or not? Prime Minister liked it or not? In thousands of Birmansalla* There is no water no Khana*, uncovered Chana* and Mana* Since, this is not the village of President or the Prime Minister. This is Third Village Yes, a Third Village. REFERENCES: Birman- A Typical boyish name in Nepali Language. Neta- Minister, Headmen BPL- Below Poverty Line Sarkari- Government Vaat- Rice Tarkari- Curry Birmansalla- “Birman”- A typical boyish name in Nepali Language, “Salla” – School, institution. Khana- Food Mana-Clothes, raiment Chana- Shelter

Monday, October 3, 2011

विजय दशमीको हार्दिक मंगलमय शुभकामना


विजय दशमीको हार्दिक मंगलमय शुभकामना